Logo

खेलकुद

भारतले माल्दिभ्सलाई हरायो, नेपाल बाहिरियो



काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिपमा माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा पुगेको छ । 

भुवनेश्वरको कालिङ्गा रङ्गशालामा भएको खेलमा माल्दिभ्सलाई १-० गोल अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो । भारतको जितमा खेलको ९० औँ मिनेटमा गुरकिरतले गोल गरे ।

भारतले जितेसँगै नेपालको फाइनल खेल्ने आसा समाप्त भएको छ । नेपाल फाइनलमा पुग्न भारतले माल्दिभ्ससँग हार्नै पर्ने थियो । माल्दिभ्ससँग बराबरी खेलेको भए पनि फाइनल पुग्ने समीकरण बनेको थियो । 

फाइनलमा भारतले बङ्गलादेशसँग खेल्नेछ । बङ्गलादेश भने आजै भएको नेपालसँगको खेलमा १-१ गोलको बराबरी खेल्दै फाइनलमा पुगेको हो । अब, फाइनलमा बंगलादेश र भारतबीच २० साउनमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार ०६:४१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।