Logo

खेलकुद

विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा टोली सार्वजनिक गरिएको हो।

घोषित टोलीमा अभिषेक गौतमले पनि स्थान बनाएका छन्। उनी पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेल्ने तयारीमा छन्।

क्यानले सामाजिक सञ्जालमार्फत टोली सार्वजनिक गर्दै ‘लेट्स ब्रिङ इट होम ब्वाइज’ सन्देशसमेत दिएको छ।

घोषित १५ सदस्यीय टोलीमा:

 १. सन्दीप लामिछाने (कप्तान)

२. रोहित पौडेल
३. दीपेन्द्रसिंह ऐरी
४. गुलशन झा
५. बसिर अहमद
६. करण केसी
७. नन्दन यादव
८. ललितनारायण राजवंशी
९. अभिषेक गौतम
१०. आसिफ शेख
११. अर्जुन कुमाल
१२. इशान पाण्डे
१३. देव खनाल
१४. कुशल भुर्तेल
१५. रशिद खान

प्रकाशित मिति : १३ मंसिर २०८३, आईतवार ११:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।