काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा ब्रेन्टफर्डले म्यानचेस्टर युनाइटेडमाथि ४–० गोलको फराकिलो जित दर्ता गरेको छ ।
म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली ब्रेन्टफर्ड पूर्ण रूपमा हाबी रह्यो । खेलको १९औँ मिनेटमा क्यालम विल्सनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि विल्सनले नै ३२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै ब्रेन्टफर्डको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा पनि दबाब कायम राखेको ब्रेन्टफर्डका लागि खेलको ८२औँ मिनेटमा क्रिस्टोफर अजेरले गोल गर्दै स्कोर ३–० पुर्याए । त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा केभिन साडेले चौथो गोल गर्दै टोलीको ४–० को सानदार जित निश्चित गरे ।
यस जितसँगै ब्रेन्टफर्ड तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने पराजय बेहोरेको म्यानचेस्टर युनाइटेड तालिकाको १९औँ स्थानमा झरेको छ ।




















प्रतिक्रिया