काठमाडौं । संघीय संसद् अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठक आज (विहीवार) बस्दैछ । बैठक मध्यान्ह १२ः१५ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेगरी बैठक बोलाइएको छ ।
बैठकमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसीपी) लगायतका विषयमा छलफल हुनेछ । छलफलमा परराष्ट्रमन्त्री नारायण खड्का, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रतिनिधि सभाका उपसभामुख पुष्पा भुसाल, प्रधानसेनापति प्रभुराम शर्मा लगायतलाई बोलाइएको छ ।
यस्तै विहीवार नै अर्थ समितिको बैठक पनि बोलाइएको छ । समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा समितिको भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने बताइएको छ ।




















प्रतिक्रिया