Logo

राजनीति

सीट बाँडफाँड लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक भोलि बस्ने



काडमाडौं । चुनावी तयारीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक भोलि (शुक्रवार) बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धन चुनावको तयारीमा जुटेको हो ।

गठबन्धनको बैठकमा सीट बाँडफाँडको मोडालिटी बनाउनेरे छलफल हुने बताइएको छ । सीट बाँडफाँड गर्ने विषयमा शीर्ष नेताहरुले कार्यदल बनाएर मोडालिटी तयार गर्ने तयारी गरेका छन् । सीट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरिएको गठबनधनका एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १६:०२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।