Logo

मनोरञ्जन

वरिष्ठ संगीतकार रन्जित गजमेर सम्मानीत



काठमाडौं । वरिष्ठ संगीतकार रन्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो । दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए ।  

सम्मान कार्यक्रममा संचारकर्मी तथा गीतकार डा. नवराज लम्सालले गजमेरले चार पुस्तासम्मलाई समेटेर सबै पुस्ताको मन मुटुमा बस्न सफल भएको बताए । सम्मान कार्यक्रममा संगीतकार गजमेरका गुँरास फुल्यो वनैभरि, मिर्मिरे साँझ सिमसिमे पानी, तिम्रो मनमा लुकेका कुरा, यो दुई थोपा आँशु, बस है आमा, किन बढ्दछ ढुकढुकीलगायतका गीतहरु गाइएको थियो । 
 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १८:२६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।