Logo

प्रमुख समाचार

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले बनायो समिति (सदस्यहरुकाे सूचीसहित)



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्न समिति बनाएको छ । समितिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबाट गरी ११ सदस्य रहेका छन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले समितिमा बनाएको हो । जसमा कांग्रेसबाट कृष्ण सिटौला, गगन थापा, ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल छन् ।

यस्तै, जनता समाजवादी पार्टीबाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव सदस्य छन् भने राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन् । समितिलाई भदौभित्र सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन दिन भनिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १३:१३   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।