Logo

खेलकुद

बायर्न म्युनिखको सानदार सुरुवात



काठमाडौं । जर्मन बुन्डेसलिगा २०२२र२३ मा साविकको विजेता बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ । शुक्रबार रातिबाट सुरु भएको नयाँ सिजनाको पहिलो खेलमा बायर्नले फ्रान्कफुर्टलाई ६–१  अन्तरले पराजित गर्‍यो ।

बायर्नको जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिची, बेन्जामिन पाभार्ड, साडियो माने र सर्ज जिनाब्रीले समान एक  एक गोल गरे । घरेलु टोलीका रान्डल कोलो मुआनीले सान्त्वना गोल गरे ।

साबिक विजेता बायर्नले पहिलो हाफमै ५(० को अग्रता बनाएको थियो । जितसंगै बायर्नले महत्त्वपूर्ण तीन अंक जोडेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ११:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।