Logo

राजनीति

पछिल्लो २४ घण्टामा ६६० कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यही अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ ४४४ जना संक्रमणमुक्त भएका छन् । आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये पाँच हजार ४७१ जना होम आइसोलेसनमा र १७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार १६:५६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।