Logo

प्रमुख समाचार

दल दर्ता कार्यक्रम : पहिलाे नम्बरमा जनमत पार्टी



काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको छ । आउँदो ४ मंसिरमा हुने प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको हो । 

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ । पार्टी उपाध्यक्ष वसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार १२:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।