काठमाडौं । नेपाली फिल्म उद्योगमा धेरै रुचाइएका अभिनेताहरुको नाम लिँदा प्रदीप खड्का अग्रपंतिमा आउँछन् । फिल्म उद्योगमा लोकप्रियता बढ्दै गएपछि कलाकारहरुको मूल्य महंगो हुँदै जानु अस्वभाविक होइन ।
तर यीनै अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्का, जसलाई आफ्नो फिल्ममा ल्याउन निर्माताहरु धेरै पैसा खर्च गर्न पनि पछि पर्दैनन् । तर प्रदीप खड्काले लोकप्रियता कमाइसकेपछि पनि पारिश्रमिक नै नलिइ केही हिट फिल्म दिएका छन् ।
प्रेम गीत–२, प्रेम गीत –३ र लभ स्टेशनमा प्रदीपले प्रमुख भूमिकाका लागि परिश्रम गरे पछि एक रुपैयाँ पनि लिएका छैनन् भने अन्य तीनवटा फिल्ममा पनि ५० प्रतिशत मात्र पारिश्रमिक लिएका छन् । कुनै फिल्म बन्नै पर्ने खालका कथा वस्तु छन् भने आफूलाई लागेमा पारिश्रमिकमा अल्झेर नबस्ने प्रदीप बताउँछन् ।





















प्रतिक्रिया