काठमाडौं । नेपाली कांग्रेसका नेता उत्तम चापागाईंले आगामी निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । कांग्रेसको भातृसंगठन नेपाल तरुण दलका पूर्व उपाध्यक्षसमेत रहेका चापागाईंले आफू भोजपुरबाट निर्वाचन लड्ने बताए ।
‘आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छु’, उनले अनलाइनपानासँग भने, ‘तर प्रतिनिधि सभामा दिने कि प्रदेश सभामा दिने भनेर हामी पार्टीमा छलफल गर्दै छौं । सबै कुरा पार्टीले निर्णय नगरी भन्न मिल्दैन ।
आफुलाई पार्टीले टिकट दिनेमा आफू विस्वस्त रहेको पनि उनले बताए ।




















प्रतिक्रिया