Logo

राजनीति

गठबन्धन सरकार विनाशकारी भयाे, अब एमाले सरकारमा आउनैपर्छ  : ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलच्छिना सरकारको भएको बताएका छन् । आइतबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आयोजना गरेको कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकार अलच्छिना र विनाशकारी सरकार भएको बताएका हुन् ।

एक वर्षको अवधिमा देशको अर्थतन्त्र र विकास डामाडोल भएको उनको भनाइ छ ।

ओलीले एमाले सरकारको पालामा बन्दै गरेका पुलबाहेक यो सरकारले कुनै बाटोघाटो, सडक, पुल बनाउन नसकेको आरोप  लगाए ।

उनले गठबन्धन सरकारको अस्तित्व नै समाप्त भएकाले अब सरकारमा एमाले आउनुपर्नेमा जोड दिए ।

अस्तित्व सकिएपछि गठबन्धनमा आवद्ध दलहरु एमालेविरुद्ध लागेको भन्दै उनले संघ र प्रदेश सभा निर्वाचनमा एमाले बहुमतका साथ अघि आउने दावी गरे ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार १७:२८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।