Logo

खेलकुद

अरिङ्गालको टोकाइबाट भलिबल खेलाडीको मृत्यु



रुकुमपश्चिममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो । तीन दिन अगाडि अरिङ्गालले टोकेका सुनारको आज उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको हो । साथीहरूसँग सल्यानको वाफुखोलामा अरिङ्गाल झार्न गएका सुनारलाई अरिङ्गालले टोकेको थियो ।

तीन दिनसम्म झुल्नेटामा रहेको निजी स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आज नेपालगञ्ज लैजाँदै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिए । सुनारको शरीरमा ५३ वटा घाउ देखिएको छ । त्यसकारण सुनारलाई ५३ वटा अरिङ्गालले टोकेको अुनमान गरिएको विश्वकर्माले बताए । सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव थिए । उनी एक समय जिल्लाको चर्चित भलिबल खेलाडीसमेत थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार २१:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।