काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि कांग्रेस शीर्ष तहमा छलफल भइरहेको हो ।
कार्यदलको बैठक बस्नुअघि पार्टीको धारणा तय गर्न शीर्ष तहका नेताको बैठक बसिरहेको बताइएको छ । कार्यदलको बैठक दिउँसो तीन बजे बस्ने भएको छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।




















प्रतिक्रिया