Logo

प्रमुख समाचार

कार्ययोजनाअनुसार अन्तिमसम्म रहन पाइएकाे भए ८० प्रतिशत काम हुन्थ्यो : रामकुमारी झाँक्री



काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद तथा निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूले अन्तिमसम्म काम गर्न पाएको भए ८० प्रतिशत काम सक्ने बताएकी छन् । सोमवार पत्रकार सम्मेलन गर्दै उनले आफूले बनाएको योजनाअनुसार काम गर्न नपाएको बताइन् ।

नेत्री झाँक्रीले गत आर्थिक वर्ष २०७८/७९ को अन्तिमसम्म काम गर्न पाएको भए मन्त्रालयको ८० प्रतिशतसम्म काम सक्ने उनका दाबी छ । ८ महिना २० दिन मन्त्रालय बसेकी उले सम्हालेको मन्त्रालयको कार्यप्रगति गत आर्थिक वर्षमा ७० प्रतिशतभन्दा धेरै देखिएको छ ।

‘गत आर्थिक वर्ष २०७८/७९ मा शहरी विकास मन्त्रालयको कार्यप्रगति ७०।१ प्रतिशत छ,’ उनले भनिन्, ‘अन्तिमसम्म काम गर्न पाएको भए यो प्रगति ८० प्रतिशत पुग्थ्यो ।’ झाँक्रीलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले अहिले मेटमणि चौधरीलाई शहरी विकास मन्त्रालयमा पठाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार ११:४७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।