Logo

प्रमुख समाचार

जुम्लाबाट प्रतिनिधि सभा चुनाव लड्दै ज्ञानेन्द्र शाही



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाही जुम्लाबाट प्रतिनिधि सभा चुनाव लड्ने भएका छन् । राप्रपाका प्रवक्तासमेत रहेका शाहीले आफ्नो उम्मेदवारीबारे सोमबार काठमाडौं थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै छन् ।

दिउँसो साढे २ बजे हुने पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु पनि सहभागी हुने बताइएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए ।

‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही गत फागुनमा राप्रपा प्रवेश गरेका थिए । लामो समय भ्रष्टाचारविरुद्धको अभियान चलाएर हिँडेका उनलाई राप्रपा प्रवेश लगत्तै अध्यक्ष लिङदेनले पार्टी प्रवक्ताको जिम्मेवारी दिएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार ११:५७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।