Logo

राजनीति

कांग्रेसले साउन ३० र ३१ गते पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने



काठमाडौं । नेपाली कांग्रेसले यही साउन ३० र ३१ गते पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको छ । बालुवाटारमा सोमवार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले प्रशिक्षण दिने निर्णय गर्नुका साथै मिति तय गरेको हो ।

प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन् । यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौं बोलाएर प्रशिक्षण दिइसकेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १३:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।