Logo

अर्थ

आईपीओ निष्काशन गर्दै म्युजिक नेपाल



काठमाडौं । सांगीतिक क्षेत्रको कम्पनी म्युजिक नेपालले आईपीओ निष्काशन गर्ने भएको छ । एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवाअन्तर्गत साधारण सेयर निष्काशन गर्न लागेको म्युजिक नेपालले जनाएको छ ।

यसका लागि एनआईसी एसिया क्यापिटलसँग दुईपक्षीय सम्झौता गरेको पनि कम्पनीले जनाएको छ । आईपीओ निष्काशनसँगै म्युजिक नेपाल सर्वसाधारणमा शेयर जारी गर्ने सांगीतिक क्षेत्रको पहिलो कम्पनी बन्नेछ ।

स्रष्टाको संरक्षण गरौँ, राष्ट्रलाई समृद्ध बनाऔँ भन्ने नाराका साथ २०३९ साउन २४ मा कम्पनीको स्थापना भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार १४:३४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।