Logo

राजनीति

तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक संसदबाट बहुमतले पारित 



काठमाडौं । प्रतिनिधि सभाले राष्ट्रिय सभाको सन्देशसहित प्राप्त दुईवटा विधेयक पारित गरेको छ । बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्यांक विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो । 

उक्त विधेयक पारित गरिनुअघि दफावार छलफल भएको थियो । दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधयेकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख सापकोटाले जानकारी दिए । 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार १६:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।