Logo

प्रमुख समाचार

स्याङ्जा–२ बाट एमालेका बलिया दाबेदार किशाेर विक्रम मल्ल



काठमाडौं । आगामी मंसिर ४ गते हुने आमनिर्वाचनका लागि विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । पटक पटक चुनाव लडेका पाका नेताहरुलाई विस्थापित गर्नुपर्ने भन्दै स्वतन्त्र युवाहरुले अभियान चलाउँदै उम्मेदवारी घोषणा गरिरहेका बेला दलसम्वद्ध युवा नेताहरुले पनि नेतृत्वले आफूहरुलाई अवसर दिनु पर्ने मत राख्दै आएका छन् ।

यसैक्रममा नेकपा एमालेका युवा केन्द्रीय सदस्य किशोर विक्रम मल्ले स्याङ्जा २ बाट प्रतिनिधि सभा चुनाव लड्ने तयारी गरेका छन् । पार्टीमा एउटै व्यक्तिले पटक पटक अवसर पाएका भन्दै अब नेतृत्वले युवालाई अवसर दिनुपर्ने उनी बताउँछन् । ‘पार्टीमा सबैले समान अवसर पाउनुपर्छ’, अनलाइनपानासँग उनले भने, ‘एउटै व्यक्ति पटक पटक दोहोरिनुले राजनीतिप्रति युवाहरुमा वितृष्णा जागेको छ । त्यसलाई नेतृत्वले विशेष ख्याल गरेर रहेक ठाउँमा युवालाई अवसर दिनुपर्छ ।’

पटक पटक संसदीय राजनीतिमा अवर पाइसकेकाहरुप्रति जनताको कुनै विश्वास नरहेको मल्लको ठहर छ । ‘पटक पटक संसदीय राजनीतिमा अवसर पाएकाहरुप्रति जनतामा विश्वास छैन । नयाँप्रति आकर्षण छ । हामी एकदमै सक्षम छौं । युवालाई अवसर दिँदा पार्टीका पार्टीका भइहाले । अरु राजनीतिक दलका युवाले पनि युवालाई सहयोग गर्ने सम्भावना छ’, उनी भन्छन्, ‘एक पटक, दुई पटकसम्म ठिकै हो । तर तीन/चार पटक, पाँच/छ पटक एउटै व्यक्ति अघि सारिँदा जनतामा झन् वितृष्णा बढ्छ ।’ अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका नेता मल्ल हाल एमालेको स्याङ्जा सह इन्चार्जसमेत हुन् ।

राजनीतिक संघर्षकै क्रममा पटक पटक जीवनकाे अन्तिम अवस्थाबाट फर्किएका मल्ल पार्टीमा कुशल सङ्गठक र सफल नेतृत्वकर्ताका रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार १८:३१   :  बजे

2.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।