काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धराने जनतामा खानेपानीका सहज पहुँच विस्तार गर्न नसकुन्जेल आफू खोलाखोल्सी र वनजंगलतिरै भेटिने बताएका छन् । आफूले खाएको कमस भुल्न नमिल्ने भन्दै उनले त्यसलाई पूरा गर्न आफू लागिपरेको उनले बताएका छन् ।
‘जब सम्म मैले धराने जनतालाई सहज रुपले खानेपानी खुवाउन सक्दिन, तब सम्म म प्रायः खोलाखोली र वनजंगल तिरै देखिने र भेटिनेछु !’, सामाजिक संजालमा उनले भनेका छन्, ‘मैले खाएको कसम भुल्न मिल्दैन ।’




















प्रतिक्रिया