Logo

प्रमुख समाचार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, शेखरले पनि बोलाए बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको हाे ।

बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, संगठन सुदृढीकरण अभियान, जनप्रतिनिधिको भेलालगायतका विषयमा छलफल हुने बताइएकाे छ । 

यसैबीच सभापति देउवा पार्टीमा आफूखुसी अघि बढेको भन्दै नेता शेखर कोइरालाले आफू निकटको बैठक पनि बोलाएका छन् । बैठक शनिबार दिउँसो बस्ने बताइएकाे छ । 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार ०८:११   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।