काठमाडौं । नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो ।
निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्ने प्रक्रियाको जिम्मा बैठकले कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई दिएको छ । यस्तै कांग्रेसले उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय पनि गरेको छ । पार्टीको विधानअनुसार पार्टीले कमिटीले कम्तीमा तीनको जनाको नाम सिफारिस गर्नुपर्नेछ । जसमा एक जना महिला अनिवार्य हुनुपर्छ ।
आजको बैठकले यसअघि पार्टीको केन्द्रीय समिति बैठकले तय गरेको भदौ २ गते २५ गते देखि चुनावी अभियानको मितिलाई परिमार्जन गर्दै भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको पनि गरेको छ ।
यी हुन् बैठकका निर्णयहरु





















प्रतिक्रिया