Logo

प्रमुख समाचार

प्रतिनिधिसभाको बैठक आज बस्ने, यस्तो छ कार्यसूची



काठमाडौं । चार दिनपछि आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार आजको बैठकका आठ वटा कार्यसूची रहेका छन् । पहिलो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले बीमा सम्बन्धी विधेयक पेश गर्नेछन् ।

संघीय संसद्मा दर्ता भएको चार वर्षपछि बीमा सम्बन्धी विधेयक पेश हुन लागेको हो। यो विधेयक २०७५ असार २७ गते संसद्मा दर्ता भएको थियो ।

त्यस्तै, अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरी पारित गरिने सम्भावित कार्यसूची रहेको छ ।

आजै शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव यातायातमन्त्री मोहम्मद इस्तियाक राईले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार ०९:०१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।