Logo

राजनीति

संसदीय निर्वाचनमा सम्पत्ति विवरण नबुझाउनेको उम्मेदवारी दर्ता नहुने



काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारले अनिवार्य रुपमा सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ । उम्मेदवारले अन्य आवश्यक कागजातका साथमा सम्पत्ति विवरण नबुझाएको खण्डमा उम्मेदवारी दर्ता नै नहुने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए ।

आइतबार आयोगले मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रियामा थपलियाले उम्मेदवारले सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने स्पष्ट पारेका हुन् । ‘उम्मेदवारी दर्ताकै क्रममा सम्पत्ति विवरण लिने, निर्वाचित भएपछि सो विवरण सार्वजनिक गर्ने र उम्मेदवारी दिएका व्यक्ति निर्वाचित नभएमा सो विवरण सार्वजनिक नगरी नष्ट गर्नेबारे आयोगले सोचेको छ’, थपलियाले भने ।

यसका लागि आयोगले निर्वाचन कार्यविधि संशोधन गर्ने वा निर्वाचन आचार संहितामा उम्मेदवारी दिँदा सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधान राख्ने तयारी गरेको छ । यसबारे राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको आयोगको भनाइ छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार १४:५५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।