Logo

अर्थ

लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षणका लागि कोष र प्राइम बैंकबीच सम्झौता



काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र प्राइम कमर्सियल बैंकबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र प्राइम बैंकका तर्फबाट महाप्रबन्धक संजिव मानन्धरले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै अब प्राइम कमर्सियल बैंकले लघुवित्त तथा विपन्न वर्ग कर्जा अन्तरगत विनाधितो सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति दश लाख रुपैयाँसम्म, शैशिक्षक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति सात लाखसम्म, धितो जनामाीमा लगानी गर्ने प्रतिव्यक्ति बीस लाखसम्मको कर्जा कोषले सुरक्षण गर्ने छ ।

यस्तै, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तरगत लगानी गर्ने प्रतिव्यक्ति दश लाख रुपैयाँसम्म, र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तरगत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्ने छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार १८:५८   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।