काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोड्ने आफ्नो निर्णयबारे प्रष्टीकरण दिएकी छन् । साउन २० गते फेसबुक स्टाटसमार्फत उनले इन्गेजमेन्ट तोड्ने निर्णय गरेको बताएकी थिइन् । पुनः सोमवार फेसबुक स्टाटसमार्फत उनले पितृसत्तात्मक सोचको विरुद्धमा आफूले इन्गेजमेन्ट तोड्ने निर्णय लिएको उल्लेख गरेकी छन् ।
‘मेरो पहिलो निर्णय– समाजमा विद्यमान जातीय विभेदको विरुद्धमा थियो । मेरो दोस्रो निर्णय– पित्तृसत्तात्मक सोचको विरुद्धमा हो’, उनी लेख्छिन्, ‘मेरो विचारमा मान्छे–मान्छेबीचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ ।’





















प्रतिक्रिया