Logo

प्रमुख समाचार

कांग्रेस किचलो : संस्थापन पक्षविरुद्ध खबरदारी गर्दै शेखर समूह



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्लौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको डा. शेखर कोइराला पक्षले खबरदारी सभा गर्ने भएको छ । भाद्र १ मा खबरदारी सभा गरिने तय भएको नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री युवराज पाण्डेले जानकारी दिए ।

पार्टी र भ्रातृ संस्थाको मनोनित गर्ने पदमा संस्थापन पक्षले एकलौटी गर्दै गएको भन्दै त्यसको विरुद्धमा सभा गर्न लागिएको उनले बताए । भ्रातृ संस्थामा शेखर निकट रहेकाहरुले संयुक्त रुपमा विरोध सभा गर्न लागेका हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार २०:५१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।