Logo

प्रमुख समाचार

सोमवार स्थगित माओवादी केन्द्रको स्थायी समिति बैठक आज 



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

माओवादी केन्द्रले मंगलबार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो । बैठक पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्दैछ ।

सोमबार स्थायी कमिटी बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमार्फत चुनावमा कसरी जाने ? जाने, सिट बाँडफाँडवारे के गर्ने  ? निर्वाचन तयारीका लागि चुनावी घोषणा पत्र तथा बिभिन्न समितिहरु गठन गर्ने देखी बाबुराम भट्टराईसँग एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जाने लगायतका अजेन्डामा माओवादी केन्द्रले बैठकमा छलफल गर्ने बुझिएको छ । 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार ०८:२५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।