Logo

प्रमुख समाचार

राजनीति रमाइलो गर्ने विषय होइन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति रमाइलो गर्ने विषय नभएको बताएका छन् । मंगलबार ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले केही दु:ख नगरेका व्यक्तिले  पछिल्लो समय राजनीतिलाई रमाइलो गर्ने विषय बनाइएको बताएका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूहरू लामो संघर्षपछि यस ठाउँमा आइपुगेको भन्दै लोकतन्त्र प्राप्तिका लागि केही नगरेका व्यक्तिले नै राजनीति फोहोरी खेल हो भनेर भ्रम फैलाएको बताए ।

त्यस्तै राजनीति देश बनाउने कुरा भएको उल्लेख गर्दै जनताका समस्या समाधान र समृद्धि दिने कुरा नै राजनीति भएको उनको भनाइ थियो ।

राजनीतिक आन्दोलनका कुनै योगदान नदिएकालाई राजनीतिले सबैथोक बिग्रियो भनेर प्रतिक्रिया दिन सजिलो हुने उनले बताए । राजनीति बिगार्ने नभई सपार्ने कुरा भएको उनको भनाइ छ । शासन व्यवस्थाहरू परिवर्तन हुँदै आउँदा धेरै परिवर्तन भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार १६:५५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।