काठमाडौं । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।
आउँदो मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा पार्टीका तर्फबाट बन्ने उम्मेदवारहरुका मापदण्ड तोक्ने बैठकको तयारी छ । त्यसपछि निर्वाचन क्षेत्र कमिटीलाई तोकिएको मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न सर्कुलर जारी गरिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।




















प्रतिक्रिया