Logo

राजनीति

पूर्वमन्त्री हेमराज राई एमालेमा फर्किए



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री हेमराज राई नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधवार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीसहितका नेता–कार्यकतालाई पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेशपछि राईले सिद्धान्तहीन गठबन्धनले राजनीति दिशाहीन बनेको बताए । सिद्धान्तनिष्ठ र एकताबद्ध हुन उनले अरू दलका नेताहरूलाई आग्रह समेत गरे । राई पहिले एमालेमा नै थिए ।

नेता राईले गत साउन १ गते जसपाबाट राजीनामा दिएका थिए । भोजपुर घर भएका हेमराज विगतमा अशोक राईसँगै एमाले परित्याग गरे पनि उनी पुनः एमालेमै फर्केका हुन् ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १६:४१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।