Logo

राजनीति

सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज बस्दै छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ । 

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आशन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ । 

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष पठाउने सत्तारुढ दलको तयारी छ । आज उक्त विधेयक प्रतिनिधि सभाले पारित गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार ०६:३९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।