काठमाडौं । साताको पाँचौं कारोबार दिन बिहीवार सेयर बजारमा हरियाली छाएका छ । बिहीवार सेयर बजार परिसूचक नेप्से २७.७२ अंकले वृद्धि भएर २०६८.४२ अंकमा बन्द भएको छ । सोमबार ५५.८८ अंकले वृद्धि भएर मंगलबार २४.८३ अंक र बुधबार ०.३६ अंकको सामान्य गिरावट भएको नेप्से बिहीवार पुन उकालो लागेको हो ।
बिहीवार सुरुवातबाटै वृद्धि भएको बजारमा केही उतारचढाव देखिए पनि अन्तिममा लगानीकर्तालाई उत्साह थपेर बन्द भएको हो । नेप्सेसँगै सबै उपसूक बढ्दा वित्त कम्पनी र विकास बैंक उपसूचक ३ प्रतिशत माथि र हाइड्रोपावर उपसूचक २.९८ प्रतिशतले बढेको छ ।
नेप्सेमा सुधार हुँदा कारोबार रकम पनि बढेको छ । बुधरवार कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेकोमा बिहीवार पुनः २ अर्ब नाघेको छ । बुधवार १ अर्ब ४० करोड ६० लाख कारोबार भएको बजारमा बिहीवार ५१ लाख १ हजार २२० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजारको कारोबार भएको छ ।
बिहीवार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको स्थिर छ । कारोबार भएकामध्ये मंदाकीनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयमूल्य १० प्रतिशतले, अपर हेवाखोला जलविद्युत् कम्पनी, श्वेतगंगा हाइड्रोपावर ९.९७ प्रतिशत बढेको छ ।




















प्रतिक्रिया