Logo

मनोरञ्जन

आज एकैदिन तीनवटा नेपाली चलचित्र रिलिज



काठमाडौं । आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ तीनवटा नेपाली चलचित्र रिलिज भएका हुन् । 

परिच्छेद सेनको ‘प्रेमगञ्ज’ आज रिलिज भएको छ । यसमा तेज गिरी, बेनिशा हमाललगायत कलाकार मुख्य भूमिकामा छन् । 

दीपक ओलीको ‘कृष्ण लीला’ पनि आजै रिलिज भएको छ । यो चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । 

आजै ‘माइल अधिकारी’ पनि रिलिज भएको छ । रञ्जित गुप्ताले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल र श्रृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् ।  

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार ०७:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।