Logo

प्रमुख समाचार

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक निष्कर्षविहीन, शनिवार पदाधिकारी टुंगो लाग्ने दाबी



काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै बसेको स्थायी कमिटी बैठक निष्कर्ष विहीन भएको छ । शुक्रवार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिने भनिए पनि असफल भएको हो ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको बताए । शनिवार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने उनको भनाइ छ ।

आजको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने धारणा राखेका थिए । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने विषयमा बैठक नेताहरु एकमत रहेको बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार ११:३७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।