काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ। शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ।
यसअघि बिहीवार भने छापावाल सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो भने तेजाबी सुन ९५ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीवार भने चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया