Logo

प्रमुख समाचार

गठबन्धनका शीर्ष नेताहरूलाई सिट बाँडफाँट कार्यदलको ब्रिफिङ, चाँडै निष्कर्षमा पुग्ने दाबी



काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेता र सिट बाँडफाँटका लागि गठित कार्यदलबीच आज (शुक्रवार) साँझ छलफल भएको छ । त्यसक्रममा नेताहरूलाई हालसम्मको प्रगतिबारे कार्यदलले ब्रिफिङ गरेको थियो ।

बैठकपछि पत्रकारहरूसँग बोल्दै सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नेताहरूबाट कार्यदललाई चाँडो आफ्नो कार्यसम्पादन गर्न निर्देशन भएको जानकारी दिए । उनका अनुसार साझा अवधारणा बनाउने जिम्मेवारी पनि कार्यदललाई नै दिइएको छ ।

‘साझा अवधारणा बनाउने जिम्मेवारी पनि कार्यदललाई नेताहरूले दिनुभएको छ, हामी चाँडै निष्कर्षमा पुर्‍याउने बाटोमा लैजादैछौं,’ उनले भने ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १९:२०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।