Logo

प्रमुख समाचार

राप्रपा नेपालको उपाध्यक्षमा गिरी र तिमिल्सिना मनोनयन, श्रेष्ठलाई महामन्त्रीको जिम्मेवारी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर राप्रपा नेपाल प्रवेश गरेका नेतालाई पार्टी अध्यक्ष कमल थापाले महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनले नेताहरु दिलनाथ गिरी, श्यामप्रसाद तिमिल्सिनालाई उपाध्यक्ष र केशवराज श्रेष्ठलाई महामन्त्री पदमा मनोनयन गरेका हुन् ।

गिरी, तिमिल्सिना र श्रेष्ठ हालै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा छाडेर थापालाई साथ दिन आएका थिए । उनीहरुसँगै राप्रपा छाडेका दिलविकास राजभण्डारी भने फेरि राप्रपामै फर्किएका छन् ।

अध्यक्ष थापले रामसुन्दर विष्ट र दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री, सुस्मिता सुवेदीलाई सहायक प्रवक्ता पदमा मनोनयन गरेका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १४:३५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।