काठमाडौं । नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणपत्र मस्यौदा समिति बनाएका छन् । पार्टी कार्यालय पेरिसडाँमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउनका साथै आगामी मंसिर ४ गतेको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल, गणेश साह, परशुराम तामाङ, अमृता थापा, परशुराम रम्तेल, जगत सिंखडा, जाकिर हुसेन, हरि रोका, मीनबहादुर श्रेष्ठ, मीरा ढुंगाना र कृष्ण चौधरी रहेका छन् ।
उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार साझा घोषणापत्र तयारीका लागि सत्तारुढ गठबन्धनमा छलफल भइरहेको छ । तर पार्टीको तर्फबाट मस्यौदा निर्माणका लागि समिति गठन गरिएको उनले बताए ।
याे पनि
माओवादी केन्द्रकाे महासचिवमा देव गुरुङले मारे बाजी, यी हुन् २१ पदाधिकारीहरू




















प्रतिक्रिया