Logo

राजनीति

आगामी निर्वाचनमा कांग्रेसको रणनीति : ‘मरिमाण’मा भन्दा ‘परिणाम’मा फोकस



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी संघ र प्रदेश सभा निर्वाचनमा परिणाम धेरै लिने विषयमा पार्टीको ध्यान केन्द्रित रहेको बताएका छन् । उनले गठबन्धनमा सिट बाँटफाँट टुंगो लगाउने कोसिस भइरहेको भन्दै जटिल भए पनि टुंगो लगाउनै नसक्ने अवस्था नरहेको बताए ।

पार्टी कार्यालय सानेपामा शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा सिट धेरै लिनेभन्दा पनि परिणाम धेरै ल्याउने विषयमा केन्द्रित रहेको बताएका हुन् । उनले भने, ‘हाम्रो के कुरामा फोकस छ भने कति धेरै क्षेत्रमा उम्मेदवारी दिनेभन्दा पनि कति धेरै ठाउँमा हामी परिणाम ल्याउने त्यो महत्वपूर्ण हो हाम्रा लागि ।’

उनले अगाडि भने, ‘हामी उठ्नेचाहिँ धेरै ठाउँमा, परिणामचाहिँ कम । २०७४ मा हामीले १६५ क्षेत्रमै लडेको होइन, २३० प्रदेश निर्वाचनमै लडेको होइन १६५ मा हाम्रो २३ सिट मात्रै आयो । यो कुरालाई हाम्रा जिल्लाका साथीहरुले बुझ्दै पनि जानुभएको छ, बुझ्नु पनि हुन्छ ।’

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १८:२४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।