Logo

प्रमुख समाचार

आगामी निर्वाचनपछि एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जान्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भएको दाबी गरेका छन् । उनले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताए ।

शनिवार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा उनले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको टिप्पणी गरे । उनले भने, ‘परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने त्यो सरकारले मान्छे कुट्दै हिँड्छ ।’

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १९:४५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।