Logo

मनोरञ्जन

‘ब्लड मनी’ले ऋचा शर्मालाई दिलायो उत्कृष्ट अभिनेत्रीको अवार्ड



काठमाडौं । सर्ट फिल्म ‘ब्लड मनी’ले अभिनेत्री ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिलाएको छ । ऋचाले टाइटन इन्टरनेसनल फिल्म फेस्टिभलमा यो अवार्ड जितेकी हुन् । अवार्डको घोषणा हालसालै भए पनि यसको वितरण भने डिसेम्बर १७ मा सिड्नीमा हुनेछ ।

ऋचाले अवार्ड समारोहमा उपस्थितिका लागि फेस्टिभल आयोजकबाट निमन्त्रणा आइसकेको बताएकी छिन् । ऋचाले साउदी अरबमा अपराधमा कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्को श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन् । यो फिल्मका लेखक तथा निर्देशक पनि तिमल्सिना नै हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार १५:५९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।