Logo

अर्थ

सिद्धार्थ क्यापिटलका म्युचुअल फन्डहरूको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२’ र ‘सिद्धार्थ इक्विटी फन्ड’ को नगद लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो । 

दुवै फन्डको लाभांश प्रयोजनका लागि मंगलबार (भदौ ७ गते) बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म कायम रहने इकाईधनीहरूले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् । 

आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट इन्भेष्टमेन्ट ग्रोथ स्कीमका इकाईधनीहरूलाई करसहित १० प्रतिशत र इक्विटी फन्डका इकाईधनीहरूलाई करसहित ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार ११:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।