Logo

मनोरञ्जन

लाबोनी चक्रवर्तीको ‘आँखामा सपना’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । शास्त्रीय गायिका लाबोनी चक्रवर्तीको नयाँ गीत ‘आँखामा सपना’ सार्वजनिक भएको छ । विदेहमणि उपाध्यायको शब्द तथा सङ्गीतमा रहेको उक्त गीत आइतबार सर्वजनिक भएको हो ।

सचिन सिंहको सङ्गीत संयोजन रहेको गीत अकोस्टिक रेकर्डिङ स्टुडियोमा राजाबाबु थारु र अजय कार्कीले रेकर्ड गरेका हुन् भने मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका हुन् ।

‘लाबोनी प्रमोद’ युट्युब च्यानलमा सार्वजनिक भएको भिडियोमा धनाढ्य परिवारको रमाइलो प्रेमलाई देखाइएको छ । भिडियोमा अनन सिंह र शिल्पा थापालाई देख्न सकिन्छ ।

काठमाडौंमा खिचिएको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने युवानिर्देशक अनुप चापागाईँले निर्देशन गरेका हुन् । भिडियो सम्पादन विकाश दाहालले गरेका हुन् ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १२:५९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।