Logo

प्रमुख समाचार

मधेसको बोली ‘रफ’ हुन्छ, मलाई मन पर्दैन : ओली



प्रमुख प्रतिपक्षमा रहेको दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल कमजोर नभएको दाबी गरेका छन् ।

स्थायी समिति बैठकमा मंगलबार उनले मधेसमा पार्टीले जित्ने सम्भावना रहेको उनले बताए । मधेसमा एमालेले आन्तरिक कारणले हार व्यहोर्नुपरेको उनको भनाइ थियो । ‘मधेसका हरेक क्षेत्रमा एमालेले जित्ने सम्भावना छ’, ओलीले भने, ‘हामी एक जुट भयौं भने तराई–मधेसमा एउटा क्षेत्र पनि हामी नजित्ने र नजित्नुपर्ने खालका छैनन् ।’

अघिल्लो निर्वाचनमा मधेसमा एमालेविरोधी अभियान चलाइएको भन्दै उनले अहिले परिस्थिति फेरिएको दाबी गरे । ओलीले एमालेविरुद्ध पहाडमा जनजाति र दलित तथा मधेसमा थारु, मधेसी र मुस्लिमविरोधी भएको भ्रम छरिएको बताए । एमाले मधेस, जनजाति र दलितमैत्री पार्टी भएको दाबी उनले गरे । ओलीले मधेसको बोलीचाली ‘रफ’ भएको टिप्पणी गरे ।

‘तराई मधेसतिर के देख्छु भने बोलीचाली रफ गर्ने, अलिक भद्दा खालको बोल्ने, हप्काउने धप्काउने काम गर्ने गर्छ’, उनले भने, ‘एमालेको शैली त्यस्तो हुँदैन । एमालेले नम्र व्यवहार गर्छ । पार्टीको नीतिलाई सबै कार्यकर्ताले मान्नुपर्छ ।’

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार १७:१९   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।