काठमाडौं । राष्ट्र बैंकले यस वर्षको दसैंका लागि भदौ तेस्रो साताबाट नयाँ नोट वितरण गर्ने भएको छ । यस वर्ष दसैं चाँडै परेकाले भदौमा नै नयाँ नोट सटहीको व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ। अहिले नयाँ नोट सटहीमा कसरी सहजता ल्याउन सकिन्छ भन्नेमा छलफल भइरहेको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले हरेक वर्ष दसैंका लागि नयाँ नोट वितरण गर्दै आएको छ । गत वर्ष साढे १८ हजार प्रति व्याक्तिका दरले नयाँ नोट वितरण गरिएको थियो । राष्ट्र बैंकले नयाँ नोट वितरण सुरु गरेपछि काठमाडौं उपत्यकाभित्र इजाजत प्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा पाइने छ ।
यस्तै, काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने जनाइएको छ ।




















प्रतिक्रिया