Logo

प्रमुख समाचार

आज देखियो कहिल्यै नदेखिएको बालेनको अनौठो रुप



कानुन मिचेर बनाइएका अवैद्य संरचना र फुटपाथ व्यापारलाई हटाउन निर्मम ढंगले लागेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको आज सम्म नदेखिएको रुप देखिएको छ जुन कुराले यतिबेला तहल्का पिटिरहेको छ । महानगरपालिकाको ठूलो टीम सहित आज पनि उनी मैदानमा उत्रिएका छन् ।

शंखमूल, बानेश्वर लगायतका क्षेत्रमा पुगेर आज पनि बालेनले कठोर कदम चालेका छन् । नयाँ बानेश्वर स्थित अल्फा विटाका मालिक द्धिराज शर्मासँग भने आज बालेनको राम्रै नोकझोक चलेको छ । अल्फाविटाका मालिकलाई उनले गतिलोसँग थर्काएका छन् ।

बालेनले अल्फाविटाका मालिकलाई थर्काएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । नक्सा पास भएको नक्सा देखाउनुस भन्दा तपाइसँगै होलानी नक्सा भने पछि बालेन जंगिएका थिए, उनले तपाइको घरको नक्सा तपाईसँग हुन्छ की म सँग हुन्छ ? भन्दै अल्फाविटाका मालिकलाई थर्काएका थिए जुन भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

बालेनले बेसमेन्ट खाली गर्न आदेश दिएपछी शर्माले प्रतिवाद गरेका थिए । आफूहरुले पार्किङका लागि अलग्गै स्थान छुट्याएकाले बेसमेन्टलाई व्यवसायिक प्रयोजनमा लगाएको उनको भनाइ थियो । तर, बालेनले उनको जवाफमा चित्त बुझाएनन् । बेसमेन्टलाई भाडामा लगाउनै नपाइने मापदण्ड उनले सम्झाए ।

‘तपाईंको विल्डिङको पार्किङ कहाँ छ ?’ बालेन प्रश्न गरे । काठमाडौंका सबै विल्डिङमा पार्किङ छ त हजुर ?’ शिवाकोटीले प्रतिपश्न गरे । बालेनले कमर्सीयल विल्डिङमा पार्किङ हुनैपर्ने जवाफ दिए ।‘ हामी काठमाडौं भरिका कमर्सियल विल्डिङको पार्किङ एरिया खालि गरिरहेका छौं,’ उनले भने ।

शर्माले भने आफ्नो भवनको बेसमेन्टमा सवारीसाधन छिराउन सकिने बाटो नै नभएको बताए । उनले सरकारसँग अनुमति लिएर व्यवसाय सञ्चालन गरेको दाबी गरे ।बालेनले सोधे, ‘तपाईंले हस्पिटल खोल्ने, ल्याब खोल्ने भनेर एप्रूभल लिनुभएको छ ?

‘मैले व्यवसाय गर्ने भनेर लिएको छु,’ शिवाकोटीले जवाफ दिए । त्यसपछि बालेन एकाएक जंगिए ।तपाईंको घरको नक्शा मसित हुनुपर्छ ? उनले उँचो स्वरमा भने । अनि नगरपालिकासँग हुनु पर्दैन ? तपाईंको अफिसमा होला नि,’ घरधनीले जवाफ दिए ।

त्यसपछि बालेन पत्रिका देखाउँदै चिच्याए, ‘यत्रो नोटिस दिएको छ, के हो यो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस देको छैन ? तपाईंको घरको नक्शा तपाईंसँग हुने कि मसित हुने ? ’पछाडिबाट एक व्यक्तिले भने, ‘ए बालेन सर । तपाईं धेरै आवेशमा नआउनुस् । तपाईं हाम्रो प्रतिनिधि होइन ?

शर्माले थपे, ‘मेयर हुँ भन्दैमा व्यवसायीलाई थर्काउन मिल्छ ? हाम्रो चाहिँ सम्मान हुँदैन ? तपाईं डन हो कि मेयर हो ?’त्यसपछि महानगरका एक कर्मचारीले नक्शा लिएर अफिस आउन सुझाव दिए ।शर्माले एउटा चिठी दिन आग्रह गरे । तर, बालेनले चिठी दिन नसक्ने बताए ।

‘साढे दुई लाख घरमा चिठी दिन सकिँदैन, पत्रिकामा छाप्ने हो,’ उनले भने, बालेनले विल्डिङको बेसमेन्टमा सटर लगाइदिन आदेश दिए । शर्माले वकिलसहित नक्शा लिएर आउने बताए । बालेन हिँडे ।

बालेनसहितो समूह हिँडिसकेपछि शर्मालेमिडियासामु आक्रोश पोखे । हामी वर्षेनी करोडौं ट्याक्स दिन्छौं । हामीसँग नक्शा छ, तर मैले गोजीमा बोकेर हिँडेको हुँदैन नि । स्टन्ट गरेर हुन्छ ? मेयर हो कि डन हो ? हामी पनि यो देशको नागरिक हौं ? यसरी अपमान गर्न पाइन्छ । नोटिस नदिइकन मिडियासहित आएर दादागिरी देखाउने हो ? उनले भने, उनले मापदण्डविपरीत भएमा कानूनी प्रक्रियाबाट कारवाही गर्न चुनौती दिए ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १७:२९   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।