Logo

राजनीति

राष्ट्रपतिलाई प्रधानमन्त्रीको जवाफ : अध्यादेशजस्तै नागरिकता विधेयक ल्याएका हौं



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका नेताहरुसँग नागरिकता विधेयकका विषयमा छलफल गरेकी छन् । सोमबार दिउँसो कांग्रेस नेताहरुसँग शीतल निवासमा भेटवार्ता भएकाे हाे ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता पठाएकी थिइन् । उक्त विधेयकलाई प्रतिनिधिसभाले हुबहु पारित गरिसकेको छ भने हाल राष्ट्रियसभाको विधायन समितिमा छ ।

राष्ट्रपति भण्डारीले चुनावका बारेमा पनि चासो राखेकी थिइन् । निष्पक्ष चुनाव होस भन्ने राष्ट्रपतिको सदिक्षा रहेकाे बताइएकाे छ ।

राष्ट्रपतिसँगको भेटमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्र ब कार्की सहभागी थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार १७:१९   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।